Rule 53
सशस्त्र प्रहरी महानिरिक्षक पदमा बढुवा
: नियम ४३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षकहरु मध्येबाट जेष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त देखेको उम्मेद्वारलाई बढुवा गर्नेछ ।
स्पष्टीकरण : यस नियमको प्रयोजनका लागि “कार्यकुशलता” भन्नाले नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफूभन्दा मुनिको सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई सम्झनु पर्छ ।